Section 48
चालक अनुमतिपत्रको लागि दरखास्त
(१) दफा ४७ बमोजिमको अयोग्यता नभएको व्यक्तिले कुनै सवारी चलाउन चालक अनुमतिपत्र लिन चाहेमा तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त साथ दरखास्तवालाले चालक अनुमतिपत्रको लागि तोकिएको दस्तुर, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, हालसालै खिचिएको आफ्नोे तीन प्रति पासपोर्ट साइजको फोटो, नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले निजको स्वास्थ्य परीक्षण गरी दिएको निरोगिताको प्रमाणपत्र